मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम छः कार्यवाहक सभापति अर्याल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले समाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेटको ठूलो हिस्सा भत्तामा जाने गरेको उल्लेख गर्दै सामाजिक सुरक्षाको मुद्दा झनै पेचिलो हुँदै गएको बताएका हुन् । उनले चालु आर्थिक वर्षको बजेटको १५ प्रतिशत रुपैयाँ भत्तामा खर्च भइरहेको उल्लेख गर्दै यसले नयाँ पुस्तालाई उत्प्रेरित नगर्ने जिकिर गरे ।

न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य रहेको उनको भनाइ छ । उनले २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी  कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभुति दिन सकिने भएपनि अब त्यस्तो अवस्था नरहेको बताए ।

सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन नसक्ने उनको भनाइ छ ।