काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार एक लाख ६७ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक हजार २०० रुपैयाँले बढेर एक लाख ६८ हजार ७०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्