एमसीसीका सबै परियोजना स्थगित


काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा कार्यान्वयन भइरहेका परियोजनाहरूमा कोषबाट हुने भुक्तानी स्थगित गरेको छ।

अर्थ मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसीसीले फागुन २ गते पठाएको इमेल पत्रमार्फत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ जनवरी २० मा जारी गरेको कार्यकारी आदेशअनुसार ९० दिनका लागि फण्ड भुक्तानी रोकिएको जानकारी गराएको हो।

२०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबिच सम्झौता भएकाे थियाे । यस अन्तर्गत मुख्य रूपमा विद्युत प्रसारण लाइन विस्तार र सडक सुधार कार्यक्रम समावेश छन्।

सरकारले भुक्तानी रोकिएको विषयमा थप स्पष्टिकरण तथा परियोजनाको निरन्तरताका लागि आवश्यक समन्वय गर्ने जनाएको छ।