विहीबार बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार एक लाख ७० हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ५०० रुपैयाँले बढेर एक लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।