काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । अस्पतालबाट डिस्चार्जभएपछि आफ्नै निवासबाट अत्यावश्यक काम गर्दै आएका अर्थमन्त्री आजदेखि मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी अर्थमन्त्री पौडेल घाइते भएका थिए ।
अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका थिए ।
प्रतिक्रिया दिनुहोस्