काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षको लागि शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको हो।
चार वर्षे कार्यकालको लागि मन्त्रिपरिषद् बैठकले १ जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्