प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ७१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।