काठमाडाैँ । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको हाे ।
नेपाली सेनाले बुधवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो ।
राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाईं, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
न्युज एजेन्सी नेपाल














प्रतिक्रिया दिनुहोस्