घर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोगबारे सचेतना आवश्यक छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठूला घरहरू गुणस्तरीय नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित घर निर्माण मेलामा उनले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्वपूर्ण हुने बताएका हुन् । उनले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताए । घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

“काठमाडाैँ वा देशका विभिन्न ठाउँमा बनेका ठूला ठूला घरहरु पनि गुणस्तरीय बनिरहेका छैनन् । गुणस्तरीय बनाउनु प¥यो, सामग्रीहरु गुणस्तरीय हुनु प¥यो । बलिया हुनु प¥यो सामग्रीहरु । ती सामग्रीहरुका कारणले गर्दा भोलि घरमा ठूला घरहरु बनाउने तर बनाइसक्दा चुहिन थाल्ने खालको पनि मैले देखेको छु । त्यसले गर्दा त्यो इन्जिनियरिङको पाटो पनि महत्वपूर्ण छ । हामी नेपालीहरुले धेरै जसो घरहरु बनाउँदा खेरी कति प्रतिशतले इन्जिनियरिङ कन्सल्ट्यान्ट राख्नुहुन्छ  भन्दा सा¥है थोरैले मात्रै डिजाइनरको आधारमा गर्नुहुन्छ जस्तो मलाई लाग्छ,” उनले भने ।

उनले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्पप्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिए ।