स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीकोको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १३.८९३८२ बोनस सेयर र ०.७३१२५ कित्ता नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.६२५०७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।