बिहीबार झिनो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ अंकमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनकिो १ अर्ब १२ करोड ८३ लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५ सय १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।