काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाएका हुन् । उनले आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत सरकारले डकैँती शैलीमा खोसेको आरोप लगाए ।
“दाङका किसानहरु धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौं राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरुको साथमा रहेको सामानहरु डकैँती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इटाको जवाफ पत्थरले दिन्छौं । अब त अत्ति भयो । अत्ति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ,”उनले भने ।
उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस्