काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताएका हुन् । उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताए ।
उनले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताए । उनले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए ।
“अहिलेको वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जगडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवद्र्धन गर्न हामी लागेका छाैँ,” उनले भने ।
मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरू अघि बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस्