काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरूलाई सेवा सुविधा थप्ने भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको बताएका छन् ।
आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको सिमित स्रोत साधनबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताएका हुन् । उनले देशले धान्नसक्ने गरी मात्रै सेवा सुविधा दिनुपर्ने बताए ।
उनले मिडियाले गलत समाचार संप्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए । उनले देशको अर्थतन्त्रलाई हेर्दा बरु सेवा सुविधा घट्ने तर कुनै हालतमा नबढ्ने दाबी गरे । पूर्वविशिष्टहरूलाई दिने सेवा सुविधाका बारेमा कानुनको आवश्यकता महशुस गरेर सरकारले यस विषयमा मस्यौदा ल्याउने कुरा गरेको उनको भनाइ छ ।
सांसद महतले विगतमा नेपाली काँग्रेसले जनप्रतिनिधिले शासनसत्ता चलाउने गरी एकताको प्रतिकका रूपमा राजा स्वीकार गरेको बताए । राजाले नै जनताको अधिकार खोसेर हातमा लिएपछि गणतन्त्रको बाटो रोजेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्