नाडा विभाजनले ‘अटो सो’ संकटउन्मुख, साना व्यवसाय ‘ओझेल पर्ने’ चिन्ता

काठमाडौँ । पछिल्लो समय अटोमोबाइल्स व्यवसायीहरूबिच देखिएको आन्तिरक द्धन्द्धले नाडा विभागजन भएपछि आसन्न नाडा अटो सो समेत संकटउन्मुख देखिएको छ । 

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) बाट छुटेर नाडाकै पदाधिकारीहरूले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को स्थापना गरेपछि लामो इतिहास बोकेको नाडा अटो सोसमेत संकटमा परेको हो । 

अटोमोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा विभाजनपछि नाडाको भविष्यमाथि बहस हुँदै गर्दा साना व्यवसायीहरूको समस्या र मुद्दा ओझेल पर्ने चिन्ता व्यक्त हुन थालेको छ । नेपालकै सबैभन्दा ठुलो प्रदर्शनी ‘नाडा अटो सो ’ संकटमा पर्ने देखिएपछि साना व्यवसायीको चिन्ता झनै बढेको हो । 

नाडाले २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने जनाएको छ । राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि २०८१ गत फागुन २७ देखि आज (चैत्र ४ं) सम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ ।

प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ । 

प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ। 

नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीनलगायतका अटोमोबाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेसन खुला गरिएको नाडाले जनाएको छ ।

नयाँ संस्था नाइमाले पनि नाडाभन्दा अघि नै साउन २१ बाट नाडा अटो शो गर्ने भएको छ । नाइमाले स्टल बुकिङका लागि अबको एक डेढ महिनाभित्रमा आह्वान गर्ने योजना बनाएर तयारी थालेको जनाएको छ । 

नयाँ संस्था नाइमाले पनि नाडाभन्दा अघि नै साउन २१ बाट नाडा अटो शो गर्ने भएको छ । नाइमाले स्टल बुकिङका लागि अबको एक डेढ महिनाभित्रमा आह्वान गर्ने योजना बनाएर तयारी थालेको जनाएको छ । 

नाइमामा नेपालमा सवारी आयातकर्ता र सवारी उत्पादन र एसेम्बल गर्ने सबै संस्थाहरूको सहभागिता रहेकाले एक्स्पोमा सबैजसो संस्थाको सहभागिता रहने अपेक्षा नाइमाले गरेको छ । नाइमामा पनि प्यासेन्जर कार, मोटरसाइकल तथा स्कुटर, कमर्सियल सवारी र बैंक तथा वित्तीय संस्थालगायतको सहभागिता रहने छ । 

त्यतिमात्र नभएर  नाइमाका सदस्यहरू समेत नेपालका ठूलो अटो व्यवसायीहरू रहेका छन् जसले नाडा अटो सो को इतिहास बनाएर आजसम्म नेपालको ठूलो एक्स्पोको रूपमा चिनाउन सफल भएका थिए । हाल संस्थाको नेतृत्व ऋतु सिंह वैद्यले गरेकी छिन् । बैद्य टोयोटा मोटर्सका आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्रतिनिधित्व गर्छिन् ।

सवारीसाधन आयातकर्ताको हक र हितमा काम गर्न विसं २०३२ सालमा छाता संगठनको रूपमा नाडाको स्थापना भएको थियो । संस्थाले सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यअनुरूप सन् १९९८ बाट नाडा अटो सो आयोजना गर्ने निर्णय गरेको थियो । 

सुरूवाती दिनमा हरेक २ वर्षमा आयोजना हुने अटो सो सन् २०११ बाट एसोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो सो आयोजना गर्ने निर्णय गरेको हो । जसले अटो व्यवसायीहरूलाई एकै ठाउँमा जोड्न पुलको रूपमा काम गर्‍यो भने आफ्ना ब्रान्ड स्थापित गर्नको लागि अहम भूमिका खेलेको थियो । 

सन् १९९८ मा पहिलो ‘अटो सो’ आयोजना गरिएको थियोे । सुरूमा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसले ‘इभेन्ट’का रूपमा अटो मेला गरेको थियो । दोस्रो वर्ष पनि ग्लोबलले निरन्तरता दिएको थियो । पहिलो र दोस्रो अटो सोपछि रोहिणी थपलिया अध्यक्ष रहेका बेला नाडाले यसलाई ‘स्वामित्व ग्रहण’ गर्‍यो । 

नाडाले अपनत्व ग्रहण गरेपछि सहभागी संख्या पनि दोब्बर भयो तर आउँदो वर्षदेखि नाडा र फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यलयमा आधिकारीक रूपमा दर्ता भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आ–आफ्ना छुट्टाछुट्टै मितिमा अटो सो आयोजना गर्ने घोषणा गरेका छन् ।

एसोसियसनमा विभिन्न प्रमुख अटोमोबाइल कम्पनीहरूको पनि प्रतिनिधित्व रहेको छ । तीमध्ये ओमोडा र जेकु गाडीका आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका, बजाज मोटरसाइकलका आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी, हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी मोटर्स कर्पोरेसन लगायत अन्य प्रमुख कम्पनीहरू रहेका छन् । 

ठूला आयातकर्ता व्यवसायी नयाँ संस्थामा आबद्ध हुँदा लामो इतिहास बोकेको “नाडा अटो सो’ लाई समेत असर पार्ने व्यवसायीहरूको भनाइ छ । वर्तमान नाडा नेतृत्वलाई अटो शोमा ठुलो संकट आउने व्यवसायीकाे चिन्ता छ।

ठूला आयातकर्ता व्यवसायी नयाँ संस्थामा आबद्ध हुँदा लामो इतिहास बोकेको “नाडा अटो सो’ लाई समेत असर पार्ने व्यवसायीहरूको भनाइ छ । वर्तमान नाडा नेतृत्वलाई अटो शोमा ठुलो संकट आउने व्यवसायीकाे चिन्ता छ।

लामो इतिहास बोकेको नाडा र नाडा अटो सो मा समस्या आउनु भनेको नेपालको ‘अटोमाबाइल्स क्षेत्रकाे बदनामी’काे रूपमा पनि चिन्ता व्यक्त गर्न थालिएकाे छ । नाडाभित्र विवाद चुलिएपछि व्यवसायीहरूले नयाँ संस्था गठन गरेको व्यवसायीहरूको भनाइ छ । 

नाडामा अनावश्यक राजनीति हावी हुँदा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको वास्तविक हितमा काम हुन सकेको थिएन् । यही असन्तुष्टिका कारण सवारी साधन आयातकर्ता तथा नेपालमै उत्पादन वा एसेम्बल गर्दै आएका व्यवसायीहरूलाई समेटेर नयाँ संस्था स्थापित गरिएको हो ।

नयाँ संस्थाले व्यवसायीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वतन्त्र रूपमा काम गर्ने उद्देश्य लिएको छ । नयाँ संस्था बनेपछि नाडाका पदाधिकारी तथा नयाँ संस्थाका पदाधिकारीबिच एक अर्काको आलोचना गर्ने क्रम बढेको छ ।