राइसिना डाइलग २०१५ नयाँ दिल्लीमा शुरु, बुधवार परराष्ट्रमन्त्री देउवाले विशेष सम्बोधन गर्ने


नयाँ दिल्ली । राइसिना डाइलग २०१५ भारतका नयाँ दिल्लीमा शुरु भएको छ ।

दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने गरिने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।

न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहेका डाइलग ३ दिनसम्म चल्नेछ । यस डायलगको दोश्रो दिन नेपालको परराष्ट्र मन्त्रि डा. आरजु राणा देउवाले जलवायु परिवर्तन र यसले परेको असरबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग शुरु भएको हो ।

—न्युज एजेन्सी नेपाल