काठमाडौँ । ट्रकमा ओसार्दै गरिएको करिब २५ करोड बराबरको विदेशी मुद्रासहित ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का ४३ वर्षीय कुसान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार बिहान पक्राउ परेका लामा र रकम प्रहरीले सार्वजजिनक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको हो ।
लामा चालक भइ भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । यद्यपि कसको भरिया भन्ने खुलिसकेको छैन ।
पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको छ । प्रहरीका अनुसार लामा यसअघि राजश्व छली र सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष कैद भुक्तानी गरेर छुटेका थिए।











प्रतिक्रिया दिनुहोस्