प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै किसान होल्डिङ


काठमाण्डौ । किसान होल्डिङ लिमिटेडले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशनको प्रस्तावसहित चैत ३१ गते स्याङजामा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सोही सार्वजनिक निष्कासनका लागि छुट्टाइएको सेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिएबमोजिम सम्बन्धित क्षेत्र तथा समूहलाई समेत आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, आईपीओ निष्कासनका सम्बन्धमा गर्नुपर्ने कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।