काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तोष जनाएका छन्।
उनले सरकारको निर्णयको विरोधस्वरूप मैनवत्ती बालेर सांकेतिक विरोध गरेका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्” भन्दै कुलमान घिसिङलाई हटाइएकोप्रति आक्रोश व्यक्त गरे। उनले कुलमानको नेतृत्वमा भएको सुधार प्रयासको प्रशंसा गर्दै सरकारको कदमप्रति प्रश्न उठाएका छन्।
कुलमान घिसिङलाई बर्खास्त गरेपछि सामाजिक सञ्जालमा पनि विरोधका स्वरहरू उठ्न थालेका छन्। सर्वसाधारणदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूले घिसिङको कामको मूल्यांकन गर्दै उनलाई पुनः जिम्मेवारी दिनुपर्ने माग गरिरहेका छन्।
सरकारले घिसिङलाई बर्खास्त गर्नुको कारणबारे औपचारिक रूपमा स्पष्ट पारेको छैन। तर यो निर्णयले ऊर्जा क्षेत्र र आम जनतामाझ विभिन्न प्रश्नहरू उठाएको छ।
प्रतिक्रिया दिनुहोस्