काठमाडाैँ । ज्योति विकास बैंकले चैत गते देखि १० गते सम्म मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ‘ग्लोबल मनी विक २०२५’ को मुख्य नारा ‘थिन्क बिफाेर यू फ्लाे, उइस मनी टूमाराे’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखाहरू मार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो।
बैंकले डिजिटल माध्यम र सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अभियानमार्फत करिब १ हजार जना भन्दाबढी व्यक्तिहरु प्रत्यक्षरूपमा लाभान्वित भएका छन्।
सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरू अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरू, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी,आाेटिपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी १५ वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।
साथै बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरुमा विभिन्न अडियाे भिजाेल सामग्रीहरू प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरू आयोजना गरि विभिन्न वित्तीय सूचनाहरू पनि प्रवाह गरेको छ । फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्