नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले दिए राजिनामा


काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजिनामा दिएका छन् । गत आइतबारदेखि लागू हुनेगरि उनले राजीनामा बुझाएको जनाइएको छ ।

नेपाल बंगलादेश बैंकलाई गाभिएपछि दुईवर्षको लागि नियुक्त भएका ढुङ्गाना उनी २०८१ असार १७ गतेदेखि लागू हुनेगरी दोस्रो कार्यकालको लागि थप दुई वर्षको लागि सिइओ पदमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकको गर्भनरको दौडमा रहेका ढुङ्गानाले नबिल बैंकको सिइओबाट राजिनामा दिएका हुन् ।

नेपाल बंगलादेश बैंकलाई नबिल बैंकमा गाभ्न महत्वपूर्ण भुमिका खेलेका ढुङ्गाना गर्भनरको दौडमा रहेका छन् ।