काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
यसअघि बोर्डको सदस्य भइसकेका थापा यसपटक अध्यक्षमा नियुक्त भएका हुन् ।
तत्कालीन अध्यक्ष डा. गुणराज लाेहनीले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियाे ।
अध्यक्ष नियुक्त थापालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
थापाको अध्यक्षमा नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने मन्त्री पौडेलले विश्वास व्यक्त गरे ।
बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यसअघि नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्