कालिकोटकाे सदरमुकामदेखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार


काठमाडाैँ । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक ‘अल-डाइलेक्ट्रिक सेल्फ सर्पाेटिङ’ (एडिएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।

देशको दुर्गम क्षेत्रमा सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको जनाएकाे छ।

माइक्राेवेभ रेडियाे लिंक मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटिटिएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै एनटिटिभि ब्रान्डको टेलिभिजन सेवा समेत मिति २०८१ चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको उल्लेख गरेकाे छ । टेलिकमका अनुसार यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिन्छ ।