काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित रोयल बंक्वेटको बाहिर क्षेत्र र छेउको मार्वल हाउस रहेकाे घरमा आन्दोलनकारीले क्षति पुर्याएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको यो घरमा थप क्षति हुनबाट जोगाउन उद्धारमा पनि ढिलाई भएको थियो । जलिरहेको घरको आगो निभाउन नजिकै पुगेको दमकललाई आगो दिभाउन जानबाट दुई पटकसम्म आन्दोलनकारीले रोकेका थिए ।
भीड छिचोल्न नसक्दा दमकल पछाडि सार्नु परेको थियो । प्रहरीले बलपूर्वक दमकल अगाडी बढायो तर आगो निभाउन भने दमकलको पानी प्रयाप्त भएन । टाढाबाट पानीको फोहरा हान्दा रित्तिदै गरेको दमकलले नजिक पुगेर घरको आगो निभाउन सुरु गरेको केही समयमै पानी सकिएको थियो ।
घरको झयालको सबै सिसा कागज च्यातिए जस्तो छिया छिया परेन मात्र । एक छेउमा आगो सल्कँदा घरमा क्षति पुगेको छ । बेलुकापख सरकारले यस क्षेत्रमा राती १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।










शब्द/तस्बिरः पुष्पा पाल
प्रतिक्रिया दिनुहोस्