गण्तन्त्रवादीहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा प्रतिगामी तत्व सल्बलाएः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गण्तन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरू टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गरेका छन् ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँ गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्वहरू सक्रिय भएको भन्दै आत्मआलोचना र आत्मसमिक्षा गरेका हुन् ।

उनले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तीको घोषणा गरे । उनले गणतन्त्रमा गरेका कमजोरीहरुलाई सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि नयाँ आन्दोलन एवं क्रान्तीको आवश्यक रहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिए । नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरुलाई नेपाली जनताले छुट नदिने समेत उनको दाबी छ ।