प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौँ । आज साँझ ८ बजे आकस्मिक मन्त्रिपरिषद्‍को बैठक बोलाइएको छ ।

राजावादीकोप्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा व्यक्तिका घर, सार्वजनिक संस्था तथा पार्टी कार्यालयमा तोडफोड तथा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको छ।