एयरपार्ट भित्रको आयल निगम परिसरको गाडीमा पनि आगजनी (फोटो फिचर) 


काठमाडाैँ । राजावादी समूहको भनिएका आन्दोलनकारीहरूले तीनकुने, सिनामंगल नजिक एयरपोर्टको तारवारभित्र पनि आगजनी गर्न भ्याएका छन् ।

तारबारभित्र रहेको आयल निगम परिसरको गाडीमा आगजनी गरिएको छ । नेपाली सेनासहितको टोलीले आगो नियन्त्रणमा लिएपछि धेरै गाडि जल्न पाएन भने सडकमा रहेका प्रहरीले आन्दोलनकारीलाई तितरवितर पारेका थिए ।