हवाई यात्रुलाई सहजीकरण गरिने


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युका कारण गौशाला-तीनकुने र बानेश्वर-तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइए पनि हवाई यात्रुलाई सहजीकरण गरिने बताएको छ ।
प्रशासन कार्यालयले एक सूचना जारी गरी हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्नुहुने महानुभावहरुलाई सहजीकरण गरिने र यसको समन्वय सुरक्षा निकायबाट हुने बताएको हो ।
स्मरणीय छ राजावादीहरूको प्रदर्शनका कारण शुक्रबार अपरान्ह ४:२५ बजेदेखि रातको १० बजेसम्म स्थानीय बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।