काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। घिसिङ र शाक्यको मुद्दा आइतबारका लागि न्यायाधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको पूर्ण इजसालमा तोकिएको थियो।
यसअघि गत शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेपछि कुलमान १३ गते सर्वोच्च अदालत पुगेकामा १४ गते रिट दर्ता भएको थियो। घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेवलाई नियुक्त गरेसँगै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्