सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।