चैत २८ गतेदेखि आइपीओ निष्काशन गर्दै पियोर इनर्जी


काठमाडौं । पियोर इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि चैत २८ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरेको थियो ।

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई निष्काशन गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।