काठमाडौं । सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । सोमबार सुनको मूल्य ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्य रेकर्डतोड स्तरमा पुगेको थियो । उक्त दिन ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्