काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १६.८५ अंकले घटेर २६७६.२७ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ट्रेडिङ उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्यमा गिरावट आएको छ ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ९० लाख बढिको कारोबार भएको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३२० कम्पनीको १ करोड५ लाख ४१ हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८४ लाख ३९ हजार बढिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्