काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई उक्त जिम्मेवारी तोकेका हुन्।
हालसम्म डेपुटी गभर्नरको जिम्मेवारी सम्हाल्दै आएकी तिम्सिना अब नयाँ गभर्नर नियुक्त नभएसम्म राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछिन्। महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्