नेपाल फाईनान्सको स्वतन्त्र संचालक बनिन् रोजिना श्रेष्ठ


काठमाडौँ । नेपाल फाईनान्स लिमिटेडको स्वतन्त्र संचालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छिन् । संस्थाको संचालक समितिको बैठकबाट निजलाई आगामी ४ बर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरिएको संस्थाले जानकारी गराएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी श्रेष्ठले विभिन्न संघ संस्थाहरुमा व्यवस्थापकीय पदमा महत्वपूर्ण जिम्मेवारी बहन गरेको अनुभवका साथै निज विभिन्न व्यवसायहरुमा संलग्न रहेकी छिन् । यसका साथै निजसंग वित्तीय संस्थामा संचालक पदमा रही कार्य गरेको पूर्व अनुभव समेत रहेको छ ।

विभिन्न संघ संस्थाहरुमा व्यवस्थापकीय तहको अनुभवका साथै बैकिंग क्षेत्रमा पनि अनुभव प्राप्त व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकमा नियुक्त गर्दा उनको अनुभवले संस्थालाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएको संस्थाले जनाएको छ ।