९७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले २०८२ वैशाख ७ देखि २०८३ वैशाख ७ गतेसम्म ३६६ दिनको लागि बैंक तथा वित्ती संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम २०८२ वैशाख ३ गतेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान् गरेको छ ।