काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले जिम्मेवारी सम्हालेका छन् ।
फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
कम्पनीका तत्कालीन सिइओ टीकानिधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत रहेका घिमिरे यसअघि गोर्खाज फाइनान्सको सिइओको जिम्मेवारीमा थिए। लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्