काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन् ।
मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताएका हुन्।
उनले भौतिक रूपमा पनि संरचनाहरूलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे । उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए ।
“सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन । हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरू हुनेछन् । हामीले भौतिक रूपमा पनि हाम्रा संरचनाहरूलाई दर्विलो गरी निर्माण गर्नेछौँ । इक्षाशक्तिका दृष्टिकोणले पनि कलाकारितामा ल्याउने परिष्कृतताको दृष्टिकोणले पनि उचाई प्राप्न गर्नेछौँ । हामी अफ्ठ्यारो अवस्थामा छौँ,” उनले भने ।
मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे । उनले साहित्य, संगीत र कलाको महत्व बुझेर अघि बढ्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्