सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सुनको मूल्य हालसम्म उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार २ हजार ७०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९५५ रुपैयाँ कायम भएको छ ।