९ महिनमा पुँजीगत खर्च २९ प्रतिशत


काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको ९ महिनामा २९.४३ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

सरकारले बजेटमा ३ खर्ब ५२ करोड ३५ लाख ४० हजार रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेपनि एक खर्ब ३ करोड ६८ लाख २९ हजार रुपैयाँमात्र खर्च गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० करोड ३० लाख ३० हजार रुपैयाँ खर्च गर्ने बताएपनि यो ९ महिनामा ५३.९५ प्रतिशतमात्र खर्च भएको छ ।

जसमा चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने उल्लेख गरेकोमा ६ खर्ब ८२ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालू खर्च ५९.८३ प्रतिशतमात्र खर्च गरेको छ ।

सरकारले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । जसमा हालसम्म ५९.२३ प्रतिशत खर्च गरेको जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा ८ खर्ब ३६ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ राजस्व उठाएको छ । सरकारले लक्ष्यको ५८.९६ प्रतिशत राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।