२०२५ मा विश्व व्यापार ०.२ प्रतिशतले घट्ने अनुमान


वर्तमान भन्सार अवस्था अन्तर्गत २०२५ मा विश्वव्यापी व्यापारको मात्रा ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । जुन कम भन्सार परिदृश्यमा आधारित अघिल्लो पूर्वानुमान भन्दा लगभग ३ प्रतिशत बिन्दुले कम हो ।

विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले बुधवार जारी गरेको आफ्नो पछिल्लो विश्वव्यापी व्यापार दृष्टिकोण र तथ्याङ्क प्रतिवेदनमा भनिएको छ ।

डब्ल्युटिओले अमेरिकी पारस्परिक शुल्कको पुर्नस्थापना र व्यापार नीति अनिश्चितताको फैलावटबाट उत्पन्न गम्भिर नकारात्मक जोखिमहरूको बारेमा थप चेतावनी दिएको छ । जसले २०२५ मा विश्वव्यापी सामान व्यापारमा १.५ प्रतिशतको तिब्र गिरावट ल्याउन सक्छ । 

डब्ल्युटिओले अप्रिल १४ देखि हालै लागू गरिएका भन्सार शुल्क उपायहरूले सामान व्यापारमा पार्ने प्रभावको सम्बन्धमा ठूला क्षेत्रीय असमानताहरू उल्लेख गरेको छ । डब्ल्युटिहोका अनुसार उत्तरी अमेरिकामा सामान व्यापारमा तिब्र गिरावट आउने अपेक्षा गरिएको छ, निर्यात १२.६ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

यसैबिच एशियामा सामान्य व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । निर्यात र आयात दुवै १.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । युरोपले निर्यातमा १.० प्रतिशत वृद्धि र आयातमा १.९ प्रतिशत वृद्धि दर्ता गर्ने अपेक्षा गरिएको छ