काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र स्राेत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मन्त्रालयद्वारा बिहिबार भैरहवामा आयोजीत बेरुजू फस्र्यौट सम्वन्धिको कार्यशालालाई संवोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सके सम्म बेरुजूनै आउन नदिन र आएको भए फस्र्यौट तर्फ समेत ध्यान दिन निर्देशन दिए ।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायीत्व निर्वाह गर्न समेत आग्रह गरे । कतिपय आयोजनाहरू समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनु पर्ने बताए ।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरू गरिएका आयोजनाहरू तोकिएकै समयमा पूरा हुने गरि कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरूलाई सुझाव दिए । कर्मचारीहरूको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरि काम गर्न उनको आग्रह छ ।
नेपालमा केहि भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरू नागरिक सम्म पु¥याउन जरुरी रहेको बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए । सडक आयोजनाहरू निर्माण गर्दा सर्वसाधारणलाई सके सम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरि गर्न समेत कर्मचारी तथा प्राविधिकहरूलाई निर्देशन दिए ।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथ सडक वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्