शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।