काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्राकृतिक विपद्को उद्धारका लागि प्रदान गरिने सामग्री अब एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने बताएका हुन् ।
शुक्रवार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश प्राकृतिक विपदको हिसाबले जोखिम क्षेत्र भएकाले सम्भावित दुर्घटनाको आँकलन गरी उद्धारका कार्यहरू तयारी गर्नुपर्ने बताएका हुन् ।
उनले विपद् उद्धारका लागि आवश्यक सामग्री वितरणका लागि गोदामघरले सहजता दिने बताए । गोदमघरमार्फत विपदका सामग्री एकद्वार प्रणालीबाट वितरण गर्दा उद्धारमा छिटो र सहज तरिकाले गर्न सकिने उनको भनाइ छ । उनले उद्धार कार्यमा सुरक्षा निकायको परिचालनका लागि आवश्यक सम्बोधन प्रदेश सरकारले गर्ने बताए ।
“उद्धार, प्रतिकार्य, उद्धारपछिका कार्यहरू गर्दाखेरि चाहिने जे जे सामानहरु छन् यस्लाई प्रदेश सरकारको मातहतबाट एकद्धार प्रणालीबाट हस्तान्तरण गर्न सहज हुनेछ । त्यस्तै हामीले आफ्नै पनि प्रदेश सरकारले गोदाम घर छुट्टै राखेकै थियो । अब यी सामानहरु र सरकार मातहत रहेका सामानहरु एकै ठाउँमा गोदामघरमा ल्याइसकेपछि यसलाई वितरण गर्न सहज हुनेछ,” उनले भने ।
मुख्यमन्त्री पाण्डेले विपद् उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मागअनुसार सामग्री दिन नसके पनि सरकारले न्युनतम उद्धारका सामग्री दिँदै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्