बुधबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ७ हजार ५०० रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँ कायम भएको छ ।