व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी छः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताए ।

शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उनको जोड छ । उनले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताए ।

उनले भूकम्प लगायतका सम्भावित प्रकोपहरुलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे । जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ काम गर्न समेत उनले सबैलाई आग्रह गरे ।

सम्भावित विपद्बाट हुने क्षती न्युनिकरणको लागि सरकार क्रियाशील रहेको मन्त्री लेखकको भनाई छ । उनले कुनैपनि प्रकारको विपद्को सामना गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे ।

अगामी आर्थिक वर्षको बजेटमा भूकम्प लगायतका विपद्हरुको सामना गर्न स्थानीय तहलाई सशक्त बनाउने गरी ल्याइने समेत बताए ।