सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन


काठमाडाैँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । 

शनिवार नेपाल नागरिक अभियानले काठमाडौँस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

सो घटनाको विरोधमा नआतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दुतावास अघि प्रदर्शन भएको छ । उनीहरूले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दातावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।