पूर्व उपप्रधानपञ्च डंगोलको निधन, काठमाडौँ महानगरपालिकामा आइतबार शोक विदा


काठमाडौँ । पूर्व उपप्रधानपञ्च डंगोलको निधन भएको छ।

वि.सं. २००४ साल माघ २९ गते जन्मनुभएका डंगोलको २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन निधन भएको हो।

उनी लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार हालै उनको मिर्गौलामा समस्या गम्भीर बनेपछि नियमित डाइलाइसिस गर्नुपर्ने अवस्था आएको थियो।

हप्तामा दुई पटक डाइलाइसिस गराइँदै आएकोमा निधन हुनु अघिल्लो दिन, बिहीबार पनि डाइलाइसिस गरिएको थियो।

डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै आइतबार महानगरपालिकामा शोक विदा घोषणा गरेको छ। साथै, महानगरले उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।