मार्चमा भारतको औद्योगगिक वृद्धिदर ३ प्रतिशतले बढ्यो


काठमाडौं । भारतको औद्योगिक उत्पादन वृद्धि फेब्रुअरीमा २.७ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ ।

देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्कले देखाएको हो । खनन, उत्पादन र विद्युत गरी तीन क्षेत्रको वृद्धिदर मार्चमा क्रमशः ०।४ प्रतिशत, ३.० प्रतिशत र ६.३ प्रतिशत थियो ।

निर्माण क्षेत्रभित्र २३ उद्योग समूहहरूमध्ये १३ ले गत वर्षको सोही महिनाको तुलनामा मार्चमा सकारात्मक वृद्धि रेकर्ड गरेका छन् ।

मार्चको लागि शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभुत धातुहरूको निर्माण ९६।९ प्रतिशत०, मोटर सवारी साधनहरूको निर्माण, ट्रेलर र अर्ध–ट्रेलरहरूको निर्माण (१०.३ प्रतिशत) र विद्युतीय उपकरणको निर्माण (१५.७ प्रतिशत) थिए ।