पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छाैंः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गरेका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताएका हुन् । उनले अब चाडैँ नै उक्त मस्यौदालाई चाडैँ नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तराष्ट्रिय रूपमा चिनाउन सफल भएको बताए।

मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याए । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे ।

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरूको आवश्यकता औंल्याए । त्यसैगरी उनले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बिनी विकाष कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाए ।